वनिता : हाम्रो संस्कारको इतिहास

हिमालय टाइम्स
Read Time = 13 mins

-प्रा.डा.खेम दाहाल
२.८ स्वैरकल्पना र यात्रा
कुनै पुग्न नसकिने ठाउँमा पुग्नु सुन्दर वा कुरूप संसारसँग भिड्नु परदेखि ओरसम्म क्रम नमिलेर घटना अगाडि जानु र यथार्थको स्थिति आएमा सबै शून्यमा जाने परिस्थिति भेटिनु स्वैर कल्पनाका लक्षण हुन् । कुनै पात्र अष्टे«लियामा पुगेर अनकन्टार सहरमा आफ्नै प्रिय मानवको फोटो देख्छ भने यो सपना नै स्वैरकल्पना हो । यहाँ कुशलले देखेको सपनामा वनिताको फोटो कतै भित्तामा टाँस भएको भेटेको छ । चेतनाप्रवाह शैलीतिर मोडेर धनी केटाको आलोचनामा पृष्ठहरू भरिएका छन् वा पूरै पुरातन, छोरो जन्मेजय अरू जातकी युवतीको पति, यी कुरा बुझेकी वनिता दिक्क भई माइततिर फर्किएको दृश्यमा सामन्ती परिवारको लक्षण पाइएको छ ।

पुनः सारातिर चेतना जन्माउने र कुशल संस्कारपे्रमी पात्रमा एउटा रहर मिलेकै थिए । नियात्रा र स्वैरकल्पनाका धेरै पृष्ठमा अलौकिक संसार देखाउने अर्को प्रयास रहन्छ । सारा र कुशल छाल हेर्छन् र छालसँग खेल्छन् । प्रशान्त महासागरको शान्त समुद्री तट, ‘लो टाइड सर्फिङ’ एङ्गल सी, गे्रट ओसन रोड, सन् १८४० को क्याप्टेन लाउटिको परिचय किङ प्यारोट पिपुलको चिनारी र भ्रमणसँग पाठकलाई सहभागी बनाइन्छ ।

२.९ संस्कारको मोह/स्थान मोह
हाम्रो संस्कार बलियो छ जसले हामीलाई जकडेको छ । सन्तान जन्माई बा–आमा, बाजे बज्यैको उद्घार गर्ने प्रयोजनार्थ विवाह गरिन्छ र छोरो पाउने सोख, चिन्ता, ताप, भय, कल्याण पितृ ऋणका पक्षहरू उघारिन्छन् । हामी सनातन धर्मका अनुयायी छौं । त्यसमा हाम्रो विश्वास छ वनिता उपन्यासमा कुशलले त्यही आग्रह सारासित गरेको हो तर सारा कसैको सन्तान जन्माउने यन्त्र बन्न चाहन्न र त्यो कुरा कुशलसित गरिहन्छन् । दुईमा भविष्यको यात्रा निश्चित छैन । साराको संस्कार अर्कै छ । धेरै केटासित यस्तै बिहेँ गर्ने संस्कारको चर्चा ‘थोपै थोपा’ उपन्यासमा सोम सानु गर्छन् ।

धरान कलेजमा काम गर्ने वनितासँग सौराहमा भेट भएको प्रसंग उति यथार्थ लाग्दैन कथानक सुनियोजित ठहर्छ । सौराह चित्रण मनमोहक छ आख्यान मानव निर्मित कथा भनिएको छ । त्यसैले वनिता र कुशलको सौराहको भेटलाई संयोग मानिदिन मिल्नेछ ।

सुनियोजित कथानकभित्र पात्रले शहर काठमाडौं, विराटनगर र देशका गौरवशाली धार्मिक सम्पदा निरीक्षण गरेको छ । हाम्रा गौरवका सम्पदा हेर्ने पात्रले पशुपतिनाथ, बालाजु, सौराह, धरानका दन्तकाली, बुढासुब्बाको निरीक्षणपछि एउटा व्यवसायमा भेट भएकी सारा साथीमात्र हो भन्दै व्यवसायलाई व्यवस्थित गर्ने र पछिमात्र बिहे गर्ने निर्णय पिताजीलाई सुनाएको छ । आख्यानमा प्रसिद्ध स्थानहरूसँग आख्यानकारको मोह छ स्थानलाई यसरी चिनाउँदा यथार्थको भ्रमको भूमिका पनि निर्वाह हुने स्थितिको विकास हुन्छ । स्थान मोहमा चितवनको सौराह बाँसझाङ दुबोका हरिया गलैँचा जस्ता देखिने चौरहरू भव्य होटेलसँगको नजिकको नाता रहन्छ । वनविज्ञान पढेको कुनै विद्यार्थीको भूमिका झैँ यहाँ पनि विशेष आकारका चराहरू चक्षुप्रिय हुन् ।

धरान कलेजमा काम गर्ने वनितासँग सौराहमा भेट भएको प्रसंग उति यथार्थ लाग्दैन कथानक सुनियोजित ठहर्छ तर जीवन सुनियोजित छैन । साथमा पृथु सहायक पात्र, नवीन र उत्सव पनि छन् । हात्तीलाई शक्ति र पे्रमको प्रतीक ठान्छन् । सौराह चित्रण मनमोहक छ आख्यान मानव निर्मित कथा भनिएको छ । त्यसैले वनिता र कुशलको सौराहको भेटलाई संयोग मानिदिन मिल्नेछ ।

२.१० लेखकको रुचि र वनिता उपन्यासः
बनिता उपन्यासमा संस्कार पठन र स्थान रुचिका विषय रहर लाग्ने गरी आएका छन् । पात्रलाई धरान, विदेशमा मेलबर्न, सिडनी नेपालमा सौराह, पोखरा घुमाउने सिलसिला जोड्छन् । रुचिका कारणले यसरी स्थानको मोह हुन्छ । प्रजातिका लक्षण कुनै प्रकारले पात्रमा समायोजन गर्ने प्रयास हुनु आख्यानको धर्म ठान्ने प्रत्यक्षवादी विधेयकवादी साहित्यमा समाजशास्त्रीको चिन्तन छ, पात्रहरू भेट भएर डेभिटफल्स, तालबाराही मन्दिर घुम्छन् मन भने गरुंगो छ पुरानो मित्रतामा पनि शंका र भय मिसिएको छ ।

अर्को रूचिको विषय शृंगार रस हो जसका उपमा अलंकारका वाक्यहरू हाँसेर बोल्छन् नारी अधिकारमा बहस गर्दा नारी पात्रलाई अहम भूमिका हुने देखाइन्छ । नारीका कोणबाट हेर्दा पुरुषहरू पहिले मनको लुटेरा हुन्छन् । पछि शरीरको लुटेरा हुन्छन् । लुटेराहरू लुटिरहन्छन् नारी लुटिने वस्तुमात्र हुन्छन् । समाजको अधिकार पाएर यिनीहरू लुट्छन् भनी नारीको आरोप बोल्छ । कुशलले धोका दिएको विषयमा लामो बहस गराइन्छ र एक युवतीलाई बलैले कुनै अज्ञात पुरुषको हातमा सुम्पने समाजमाथि नारीको कोणबाट आलोचना गरिन्छ । युवकले आर्थिक स्वार्थका लागि अस्मिता गुमाएको घटनामा समर्पण गर्छ, आपसी द्वन्द्व देख्न सकिन्छ । दुवै मुख्य पात्रका बाध्यता विवशतामा यी दुई पे्रमीपे्रमिका बहस गर्दागर्दै पोखराको यात्रामा खल्लो अनुभव गर्छन् ।

२.११ पात्र सारा र ज्योति
नेपाली संस्कारले सन्तानको मोहमा विश्वास गर्छ तर पश्चिमी संस्कारमा सन्तान मोह छैन, अर्को सुन्दर पे्रमी खोज्ने विषयमा मोह रहन्छ । जसको उदाहरणमा सारा भेटिई सारासँग ‘सँगै बस्ने’बाट कुशलहरूको आर्थिक उन्नति भएकै हो । विदेशमा बस्न, खान, शिक्षा, शुल्क तिर्न र व्यापार गर्न पाएकै हो तर मन शान्त भएन । धेरै समय पछि साराले कुशलको भित्री दर्द बोध गर्न थालेकी हो । यस्तै आर्थिक सफलता मिलेको एक उपन्यास ‘भरिया’ पनि हो ।

नेपाली संस्कारको पक्षपाति उपन्यास वनिता पितृसत्ताको विरोधमा नारी स्वतन्त्रताका विषयमा धेरै दिनदेखि बाबुको खटनले बिहे गर्न बाध्य युवतीहरूको विद्रोहजन्य कार्यको समर्थनमा सबै पुरुष आफ्नो स्वार्थपूर्ण भएपछि बाध्य भए भनी सरासर आफ्नो गल्ती छोप्ने प्राणीका विपरीतमा लेखिएको कृति हो ।

कुशलकी बहिनी ज्योतिको विवाह भव्यताका साथ सम्पन्न भएको छ । उसको स्वभाव बालिकाकै तहको छ भने उसको विवाह अति भव्य र हाम्रो संस्कारमा उभिएर भएको छ । ज्योतिको युवक पे्रमी रहन्छ ऊ अमेरिकाबाट अध्ययन पूर्ण गरेर फर्कन्छ र शुभ विवाह सम्पन्न हुन्छ । लेखकको रुचि यही घटनामा पूर्ण हुन्छ । चाहना पूरा भएको छ । ध्यानकेन्द्र र ‘तपोवन’ को प्रशंसामा अध्यात्म र शान्ति मिल्न आउँछन् । आचार्य प्राचार्यको आशीर्वाद वनिता र कुशललाई जीवनभरि लागोस् यो तपोवनको संयोगमात्र हो । यसमा भूमिका प्रतिकूल पात्र छिन् ।

३.० निष्कर्ष
नेपाली संस्कारको पक्षपाति उपन्यास वनिता पितृसत्ताको विरोधमा नारी स्वतन्त्रताका विषयमा धेरै दिनदेखि बाबुको खटनले बिहे गर्न बाध्य युवतीहरूको विद्रोहजन्य कार्यको समर्थनमा सबै पुरुष आफ्नो स्वार्थपूर्ण भएपछि बाध्य भए भनी सरासर आफ्नो गल्ती छोप्ने प्राणीका विपरीतमा लेखिएको कृति हो । वनिता कृति नसोधी पितृसत्ताले गरेका अत्याचारहरू, पढेकी शिक्षित छोरीको मनोभाव नबुझी धनी र समर्थवान् पुरुषलाई जिम्मा लगाउने रीतका विपक्षमा लेखिएको कृति हो । तर, समयले विसं २०४० पूर्वको नारी अवस्था बुझाउँछ र घटनामा विसं २०७० पछिको समय छ, स्नातक तह उत्तीर्ण गरेकी पुत्रीले एक युवकबाट धोका पाएमा पर्खिएर अर्को अनुकूल पात्र खोज्न सक्छन् र बाबुले गरेको निर्णय मान्दैनन् ।

घरमा द्वन्द्व मच्चिन्छ । यसमा समय अनुकूल मूल घटना आएको छैन तर शैलीको मगमग सुभाष आउने बगैँचा सिर्जना भएकाले पढेलेखेका साधारण सोचका पाठकले यस्तो विषयमा ध्यान दिने स्थिति छैन, रमाएर फूलबारी घुम्ने स्थान निरीक्षण गर्ने भएका कारणले माथिको दोष साहित्यका समाजशास्त्रीले मात्र देख्ने विषय हो । नारी शृङ्गारका समयमा सबै कुरा भुल्छन् भनिन्छ लेखक रुचिमा शृंगार रस प्रफुल्ल छ । अति आकर्षण दिने घटनाहरू संयोजित छन् । रमणीय स्थान मठमन्दिर अझै सुन्दर तलाउँ झैँ लाग्छन् ।

ध्यान र तपस्यामा शक्ति हुन्छ । उपन्यासमा कविता विधाबाहेक अन्य विधा नाटक, निबन्ध र आख्यानको भव्यता साथसाथै निर्वाह हुनु यसको रमणीय सौन्दर्य हो । यसका सीमा पनि छन् । उपमा र रूपक अलङ्कारका कति वाक्यमा हाम्रो संस्कार, धर्म, मठमन्दिरको सम्मान असल पक्ष भए पनि कुनै सामान्य पात्रले बोलेका वाक्यमा उनको स्तर मिल्दैन । मकरे संस्कृत बोल्छ फरर पात्र भाषा पात्रकै तहको हुनुपर्छ । यहाँ लेखक आफैं देखिनु हुन्छ पछि आउने कृतिमा पात्रको ख्याल गरी शैली संवाद चयन हुने तथा समयको ख्याल गरी घटना समायोजन हुने कुरामा विश्वास गरिएको छ । समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?