काठमाडौं । यौन शारीरिक क्रिया हो । तर, यसमा मानिसको भावना, कल्पना जस्ता मानसिक कुराले प्राथमिकता पाउँछ । जुन यौन क्रियामा भावना हुँदैन, त्यो बर्बरतापूर्ण सम्बन्धलाई ‘यौन हिंसा’को रुपमा लिनुपर्ने हुन्छ । यस किसिमको सम्बन्धले सेक्स एडिक्सनलाई जनाउँछ । खासगरी कामवासनाले ग्रस्त व्यक्तिहरु यस किसिमको प्रवृत्ति हुन्छ । अहिले यौन बिकृति र सेक्स एडिक्सनको संख्या बढ्दै गएको पाइन्छ ।
अझ मानिसको हकमा यौनको परिभाषा झन् विशिष्ट हुने गर्छ। यौवनावस्थामा विपरीत लिङ्गप्रति आकर्षण हुनु स्वाभाविक हो। केटा वा केटीमा स्वाभाविक यौन क्रियाकलापमा असन्तुलन हुनु र मनोवैज्ञानिक रुपमा उथलपुथल हुनुलाई मानसिक यौन विकृति भनिन्छ।
यौन विकृतिले आज विश्व जगतलाई विभिन्न रुपले गांजी रहेको छ । यस्तो अवस्थामा केहि मानिसहरुले यौन नै सबथोक हो र यो विना बाच्न असम्भव छ भन्ने अर्थमा यसलाई लिएर हिँडिरहेको बिज्ञहरुको दाबी छ । यौन विकृतिबाट पीडित व्यक्तिले अरुको यौन सम्बन्ध हेरेर पनि सन्तुष्टि प्राप्त गर्न सक्दछन् ।
यौन विकृतिले ग्रसित मानिस आफैलाई पीडा, कष्ट दिएर आनन्द आएको अनुभूति गर्दछ । जस्तै बांधेर, कुल्चेर, दांत ओंठ टोकेर, नङ टोकेर, हात खुट्टाका औंला टोकेर आफैलाई चिथोरेर सेक्सको आनन्द पाएको महसूस गर्दछ । यसै विकृत मानिस पश्चिमी देशमा बढी पाइन्छन् ।
यो यौन विकृति प्रायः स्त्री जातिमा पाइन्छ । यस रोगबाट ग्रस्त स्त्रीलाई यौन सुखको इच्छा अति तीव्र हुन्छ जो निकै मुश्किलले शान्त हुने यस्ता खाले स्त्रीहरु आफ्नो यौन उत्तेजनाले चरम रुप लिएपछि गिला र नरम वस्तुको प्रयोग गर्छन् ।
विशेषत: सहमति नजनाएका व्यक्तिलाई बारम्बार स्पर्श गर्ने वा शरीर घर्षण गर्ने बानी वा व्यग्रता हो । यस्ता मानिसहरुकले बस, मेला–जात्राजस्ता भीडभाडपूर्ण स्थितिमा पूर्णरुपमा लुगा लगाइएको व्यक्तिको शरीरमा यौनाङ्गको घर्षण गर्छन् र यौनानन्द लिन्छन्। यस प्रकारको व्यवहार प्रायः केटीमान्छे भन्दा केटा मान्छेले गर्ने त्यो पनि वयस्क उमेरका हुन्छन् ।
प्रसिद्ध मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले यसको बारेमा चर्चा गरेका छन् । उनले सबै नै मानव जन्मजात विकृत हुन्छन् समेत भनेका छन् । उनले विभिन्न किसिमका काम विकृतिका बारेमा चर्चा गरेका छन् ।
जस्तै कि उभयलिङ्गी (hermaphrodite), बाल यौनशोषण (pedophilia), गुदा, मुख वा जनावरसँगको मैथुन (sodomy), वस्तु कामुकता (fetishism), परपीडा कामुकता (masochism), यौनाङ्ग प्रदर्शन (exhibitionism), परपीडन (sadism), शव कामुकता (necrophilia) इत्यादि ।
यौन सम्बन्धका क्रममा हुने चरम सुखको प्राप्तिलाई अर्गेज्म भन्ने गरिन्छ । जसको अनुभव यौन गतिविधिको दौरान हुने गर्छ । यसलाई कामोन्माद र चरमोत्कर्ष पनि भनिन्छ । यसको अनुभव पुरुष र महिला दुवैलाई हुने गर्छन् ।
यौन चाहना स्वाभाविक कुरा भएकाले यसलाई दबाउनु आवश्यक छैन। तर यसो भनिरहँदा सामाजिक मूल्यमान्यता र अरुलाई पिडा हुने प्रकारका व्यवहार गर्नु उचित हुँदैन ।
-पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच