काठमाडाैं । झाडापखाला रोगको प्रकोप गर्मी मौसम लगायत अन्य समयमा देखिएको छ । गर्मी मौसम सुरु भएका कारण यसको जोखिम बढेको छ । यो सरुवा रोग हो । एक ब्यक्तिबाट अर्को ब्यक्तिमा छिट्टै फैलिन सक्दछ ।
यो रोग सरुवा रोग भएकाले छिट्टै अन्य मानिसहरुमा पनि फैलिन सक्दछ । त्यसैले यो रोग लाग्नबाट बच्न र बचाउन निम्न उपायहरु अपनाउन आवश्यक छ ।
- पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट् हालेर पिउने,
- चर्पीमा मात्र दिसा पिसाब गर्ने
- बासी र सडेगलेका खानेकुराहरू नखाने
- राम्ररी पाकेको खानेकुरा खाने । ताजा खानेकुरा मात्र खाने ।
- खानेकुरालाई झिँगा, धुलोबाट सुरक्षित राख्ने ।
- जथाभावी फोहोर नफाल्ने
- दिसापिसाब गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहर छोएपछि, खाना बनाउनु, खानु र खुवाउनुअघि साबुनपानीले मिचीमिची हात धुने
लक्षण
- पटक–पटक दिसा लाग्नु ।
- बान्ता हुनु, पेट दुख्ने ।
- बिरामी शिथिल हुँदै जाने ।
- बच्चाले दूध चुस्न नसक्ने ।
- झाडापखाला लागेको बिरामीलाई समयमा नै उचित उपचार गरिएन भने मृत्युसमेत हुन सक्छ ।
झाडापखाला लागेमा
- पुनर्जलीय झोल बनाएर खाने ।
- उमालेको पानी, झोलिलो पदार्थ प्रशस्त मात्रामा खाने । बासी, सडेगलेका खानेकुरा नखाने ।
- स्तनपान गराइरहेको शिशुलाई झाडापखाला भएमा धेरैपटक स्तनपान गराउने ।
- पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाहमा पुनर्जलीय झोलसँगै जिंक चक्की खुवाउने । सरसफाइमा ध्यान दिने । पुनर्जलीय झोल खाँदा पनि झाडापखाला निको नभएमा स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच