काठमाडौं । यस वर्ष दुग्ध क्षेत्रमा कहिल्यै नभोगेको, नसुनेको ठूलो समस्या भोग्नुपरेको डेरी व्यवसायीले बताएका छन् । विगत वर्षहरूमा फागुनदेखि डेरी क्षेत्रमा सिजन सुरु हुने र उत्पादित दूधले नपुग्ने गरेकोमा यस वर्ष भने ठीक विपरीत सोही सिजनदेखि नै बजारमा दूध तथा दुग्ध पदार्थको माग घट्न थाल्यो । लम्पी स्किन रोग, शहरबाट मानिस विस्थापित, आर्थिक मन्दीका कारण होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस नचल्नुले खपत कम भएको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताउनुभएको छ । दाहालका अनुसार अर्को कुरा दूधको मूल्य बढ्दा भारतभन्दा केही महँगो भएका कारण भारतीय सीमाबाट दूध तथा दुग्ध पदार्थ आयात भयो ।
उल्लेखित कारण खपत कम हुन गई मिल्क होलिडे रोक्न डेरी उद्योगले किसानको दूध निरन्तर खरिद गरी पाउडर दूध बनाएर राख्नुपर्ने बाध्यता बन्यो । पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरी उद्योगमा अर्बौंको धुलो दूध र बटर स्टक भएर धेरै डेरी उद्योगले किसानको भुक्तानी समयमै गर्न सकेका छैनन् । जसका कारण किसान मर्कामा परेका छन् । दशैँको मुखमा भुक्तानी नपाउँदा दैनिक जीवन अस्तव्यस्त हुनुका साथै गाईभैँसीलाई नियमित दानापानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योग पनि संकटमा छन् ।
नेपालमा रहेका किसान र उद्योग बचाउन पनि यसपटक दशैँ, तिहार, छठलगायतका चाडपर्वमा दूध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गरी कोशेलीमा समेत दूध तथा दुग्ध पदार्थ लिएर जान एसोसिएसनले आग्रह गरेको छ । पुससम्म सहकारीलगायत अन्य संघसंस्थाको पनि साधारणसभा गर्नुपर्ने भएकाले त्यस्ता कार्यक्रमका अतिथिलाई मायाको चिनो दिँदा पनि दूध तथा दुग्ध पदार्थ नै प्रयोग गर्न पनि एसोसिएसनका अध्यक्ष दाहालले आहृवान गर्नुभएको छ । सहकारीका सदस्यलाई यातायात खर्चबापत दिइने रकमको सट्टामा पनि घिउ, पनिर, गुदपाक, पुष्टकारी, छुर्पी, खुवालगायत प्रदान गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच