नवलपरासीको सुनवलमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा एक महिलाको हत्या भएको छ । जिल्लाको सुनवल नगरपालिका-१३ विचैयापुरमा एक महिलाको धारिलो हतियार प्रयोग गरि हत्या भएको हो ।

सुनवल नगरपालिका-१३ विचैयापुरमा बस्ने ५० वर्षीया बुद्धरानी मुसहर आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् । टिनले छाएको ढोका नभएको कच्ची घर भित्र घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा मुसहरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनु भयो ।

श्रीमान र एक छोरासँगै बस्दै आएकि बुद्धरानीको आफ्नै छोराले हत्या गरेको आशंका गरिएको छ । श्रीमान ज्याला मजदुरी गरि गएराति घर फर्कदा घरभित्र श्रीमतीलाई मृत अवस्थामा फेला पारेपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए ।

घटना लगत्तै फरार रहेका मृतकका छोरा २५ वर्षीय शिव कुमार मुसहरलाई प्रहरीले रुपन्देहीको गैडिहवा-८ मैनिहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको डिएसपी पाण्डेले जानकारी दिनु भयो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?