अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ गरेकाे छ ।

सुर्खेतकाे  वीरेन्द्रनगर नगरपालिका-४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्राम, २ थान मोबाइल, १ थान कैंचीसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको छ ।

यसैगरी झापाकाे मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित कमल गाउँपालिका-५ बस्ने २० वर्षीय मनिष मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै झापाकै दमक नगरपालिका-९ क्याम्पस मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने मोरङ उर्लाबारी नगरपालिका-९ घर भएका २४ वर्षीय सुजन दाहाल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी झापाकाे दमक नगरपालिका-१ हिमालय टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय हर्क बहादुर कुमालसहित ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै बर्दियाकाे बढैयाताल गाउँपालिका-७ तातिगाँउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्रामसहित मधुवन नगरपालिका-९ बस्ने ३० वर्षीय ईश्वर नेपालीसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?