नवलपरासी एमालेको अधिबेशन बैशाख २१ र २२ मा हुने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला अधिबेशन बैशाख २१ र २२ गते सुनवलमा हुने भएको छ ।
जिल्ला अधिबेशनलाई सम्पन्न गर्ने जिल्ला कार्यसमिति योजनाबद्द तवरले लागेको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनु भयो ।  जिल्ला अधिबेशन ब्यवस्थापनका लागी बिषयगत रुपमा उपसमितिहरु निमार्ण गरेकाे उहाँले बताउनुभयाे ।

एमालेले प्रतिबेदन लेखन समिति र अतिथि सत्कार सयोजक दिपेन्द्र कुमार अधिकारी, प्रतिनिधि ब्यवस्थापन उपसमिति सयोजक धिरज शर्मा बस्याल, प्रचारप्रसार उपसमिति सयोजक राजन कुमार आचार्य, आर्थिक ब्यवस्थापन उपसमितिमा डोलराज भण्डारी, खाद्य तथा आवास ब्यवस्थापन उपसमिति सयोजक रामचन्द्र भण्डारी, मञ्च ब्यवस्थापन उपसमिति सयोजक थमन सहि नेपाली, जनसांस्कृतिक ब्यवस्थापन उप समिति सयोजकमा सुवोध जागृत बुढाथोकी, मसलन्द तथा छपाइ ब्यवस्थापन उपसमिति सयोजक तारा सिह थापा, जनपरिचालन उपसमिति डोलराज भण्डारी, स्वयंसेवक ब्यवस्थापन उपसमिति सयोजक प्रदिप सुवेदी, स्वास्थ्य स्वयंसेवक ब्यवस्थापन उपसमिति सयोजक जगदीश चौधरी, यातायात ब्यवस्थापन उपसमिति सयोजक केशव भण्डारीलाई जिम्मेवारी दिएको सचिब धिरज शर्मा बस्यालले जानकारी दिनु भयो ।

बर्दघाट, सुनवल र रामग्राम नगरपालिका, सुस्ता, प्रतापपुर, सरावल गाउँपालिकामा पालिका अधिबेशन सम्पन्न भइसकेको जिल्ला उपाध्यक्ष डोलराज भण्डारीले जानकारी दिनु भयो । जिल्लाको पाल्हिनन्दन गाउँपालिका बाहेक अरु सबै पालिकाको अधिबेशन सम्पन्न भइसकेको छ । अब केहि दिनमा नै पाल्हिनन्दन गाउँपालिको पनि गर्ने तयारी रहेकाे भण्डारीले बताउनुभयाे ।

जिल्लामा करिब ४ हजार सात सय सगठित सदस्य रहेको एमालेले बैशाक १७ गते वडा बाट प्रतिनिधि छनोट गर्दै छ । प्रतिनिधि र आयोजक गरि करिब ४ सय २१ जना रहने र जिल्ला कमिटी १ सय ५ जना जिल्ला कमिटी रहने एमालेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?