भष्ट्राचारीलाई कारवाही हुने हो भने पुराना पार्टीका औंलामा गन्न सकिने नेता मात्र बाँकी रहन्छन् : रवि लामिछाने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पुर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भष्टाचारीलाई कारवाही हुने हो भने पुराना पार्टीका औंलामा गन्न सकिने मात्र नेता बच्ने बताउनु भयो । देश भष्ट्राचारको दलदलमा रहेको बताउँदै लामिछानेले सुनकाण्ड, भुटानी शरणार्थी काण्ड र ललिता निवास काण्डको निस्पक्ष छानबिन हुँदा पुराना पार्टीका धेरै नेताहरु कारवाहीमा पर्ने बताउनु भयो ।

शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा क्षेत्रीय भेलालाई सम्बोधन गर्दै लामिछानेले खराब र घुसिया नेता जो कोही भए पनि कारवाही हुनै पर्ने बताउनु भयो । उहाँले भन्नुभयाे- 'खराब नेता र नेतृत्वको पछि लागेर देश परिवर्तन हुदैन । देशले परिवर्तन खोजेको छ परिवर्तनका लागी सहि नेता र नेतृत्वको छनोट गर्नु पर्छ ।'

राष्ट्रिय स्वतन्त्र पार्टीले खराव र घुसिया नेता नराख्ने बताउँदै लामिछानेले रास्वापा भष्टाचारीहरुलाई पाल्ने नभई फाल्ने पार्टी भएको जिकिर गर्नु भयो । पुरानो पार्टी तर्फ इंगित गर्दै लामिछानेले भन्नुभयो - 'भष्टाचारमा मुसिएकालाई पाल्न सक्दैन, रास्वपाले भष्टाचारीहरुलाई छानिछानी फाल्ने हो ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?