दाङ । दाङमा खोलाले बगाउँदा ६४ वर्षीय एक वृद्ध बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ बर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार घर नजिकै रहेको पत्रेखोलाले विकलाई विहान साढे ८ बजेतिर बगाएको थियो । प्रहरी नायव उपरिक्षक गौतमले भन्नुभयो,‘घरमा सौचालय नभएका कारण दिशा गर्न सधै खोला जाने गर्ने गरेका थिए, त्यहीक्रममा आज खोला गएको समयमा विकलाई खोलाले बगाएको भन्ने खुलेको छ ।
अहिले बेपत्ता विकको खोजी कार्य भइरहेको छ । बेपत्ता विकको खोलीका लागि प्रहरी परिचालन भएको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच