कालीकोट । विज्ञान विषयको अध्ययनको क्रममा प्रयोगात्मक शिक्षाको पनि आवश्यक हुन्छ । शिक्षा सिकाइको क्रममा पढाइ र प्रयोगत्मकलाई सहज बनाउनका लागि कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको मुम्रामा रहेको डाँफे माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल कालीकोट र सान्नीत्रिवेणी गाउँपालिकामा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधि पुर्याउने उद्देश्यले विज्ञान प्रयोगशालाको स्थापना गरि सञ्चालनमा ल्याइएको डाँफे मावि मुम्राका प्रधानाध्यापक दीर्घबहादुर बुढाले बताउनुभयो ।
प्रयोगशाला स्थापना गर्न प्लान नेपालको सहयोगमा किर्डाक नेपाल कालीकोटले परियोजनाअन्तर्गतको उपलब्ध पाँच लाख ५० हजार ४१९ रुपैयाँ ६१ पैसाको रकम प्रयोगशाला स्थापनाका लागी डाँफे माविलाई उपलब्ध गराएको थियो । उपलब्ध रकमबाट प्रयोगशाला व्यवस्थापन र विज्ञान प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री खरिद गरिएको विद्याालयले जनाएको छ ।
उपलब्ध गराइएको रकमबाट फर्निचर, कक्षा कोठा सजावट, व्यवस्थापन र विज्ञान प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री खरिद गरिएको विद्यालयका प्रधानाध्यापक बुढाले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।
विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने अपेक्षा गरिएको सान्नीत्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले बताउनुभयो । विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ८, ९, र १० का विद्यार्थी लाभान्वित हुने भएका छन् । विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न कठिनाइ थियो । सान्नीत्रिवेणी गाउँपालिका र किर्डाक नेपालमार्फत प्रयोगशाालाका लागि पर्याप्त सामग्री उपलब्ध भएपछि हाल विद्यालयको कक्षा कोठामा अलग्गै रूपमा प्रयोगशाला स्थापना गरिएको छ । छुट्टै प्रयोगशााला कक्षा कोठा भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरूपमा सिक्न पाउने भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच