‘विशेषज्ञ वडा क्लिनिक’बाट धनगढीका गाउँघरमै रोगको निदान

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । कैलालीको धनगढीमा सञ्चालित विशेषज्ञ वडा क्लिनिक र क्यान्सर स्क्रिनिङ शिविरले गाउँघरमै रोगको निदान र उपचार गर्न सहज भएको छ। हरेक महिना हुने विशेषज्ञ वडा क्लिनिकले गाउँघरमै सेवाग्राहीले उपचार गर्ने अवसर पाएका छन् ।

धनगढी उपमहानगरपालिकाले समय-समयमा क्यान्सर स्क्रिनिङ शिविरसमेत राख्ने गरेको छ। क्यान्सर स्क्रिनिङ शिविरमा सहभागि सेवाग्राहीले धनगढी उपमहानगरले स्वास्थ्य सेवालाई प्राथमिकता दिएर सहज उपचारको व्यवस्था मिलाएको बताएका छन् । घाउँघरमै निःशुल्क विभिन्न स्वास्थ्य सेवा प्रदान गरिँदा रोग लुकाएर बस्नुपर्ने अवस्था हटेको धनगढी-१२ कीआइती राईले बताउनु भयो ।

धनगढी उपमहानगरपालिका र विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, चितवनको आयोजनामा धनगढीमा क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन हुँदै आएको छ । जुगेडामा लागेको क्यान्सर स्क्रिनिङ शिविरमा सर्वसाधारण सँगै भेटीनु भएकी महिला स्वास्थ्य स्वयंसेविका नन्दी खड्काले घर आँगनमै स्वास्थ्य चेक जाँच गर्ने सेवा पाउँदा महिलाहरू खुसी रहेको बताउनु भयो ।

यस्तै, शिविरमा आमालाई समेत लिएर आउनु भएकी स्थानीय सत्यदेवी स्नेहीले उपमहानगरपालिकाले स्वास्थ्य सेवामा ध्यान दिँदा रोगको निदान तथा उपचारमा सहयोग मिलेको टिप्पणी गर्नुभयो । ‘वडा क्लिनिक र स्क्रिनिङ शिविरले पैसाको अभावले चेकजाँच गर्न नसक्नेहरूलाई सहयोग पुगेको छ’, उहाँले भन्नुभयो, ‘धनगढीमा स्वास्थलाई प्राथमिकतामा राख्दा सबैलाई उपचार पाउन सहजभएको छ।’

क्यान्सर स्क्रिनिङ शिविरमा भेटिनुभएकी जुगेडाकै लक्ष्मीजोशीले पनि हरेक महिनालाग्ने विशेषज्ञ स्वास्थ्य शिविर र विभिन्न समयमा लाग्ने क्यान्सर स्क्रिनिङ शिविरले पैसाको अभावमा चेक जाँच गर्नसम्म नसक्नेलाई ठूलो सहयोग पुगेको बताउनु भयो । स्वास्थ उपचारको व्यवस्था सहज बनाएकोमा स्थानीय भगवती रोकायाले खुसी व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?