सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकमा समाजवादको आधार तय गर्छ : पूर्वअर्थमन्त्री पौडेल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवादको आधार भएको धारणा राख्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रम मुलुकमा समाजवादको आधार बनाउने उत्कृष्ट रहेको दाबी गर्नुभयो । उहाँले नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको भन्दै यो राष्ट्रिय आकांक्षामा सबै दलहरू सहमत रहेको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो समय सर्वसाधरणमा छाएको निरासा चिर्ने र आशा जगाउने काम नीति तथा कार्यक्रमले गरेको पनि बताउनु भयो । उहाँले अलमलिएको मुलुकको विकासको प्रयासलाई कार्यक्रमले गति दिने दाबी गर्नुभयो । उहाँले २०७४को निर्वाचनपछि देशले सामाजिक आर्थिक,भौतिक र मानविय विकासका क्षेत्रमा गतिका साथ अगाडि बढे पनि बीचमा रोकिएको देशको विकास अगाडि बढाउने कार्यक्रम आएको दाबी गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रमले अलमलिएको विकासलाई ट्रयाकमा ल्याउने बताउनु भयो । नीति तथा कार्यक्रमले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकको सामाजिक आर्थिक अवस्थालाई समाधान गर्ने दृष्टिकोण लिएको उल्लेख गर्नुभयो । उहाँले कार्यक्रमले देशको भौतिक र मानविय विकासमा ध्यान दिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय सर्वसाधरणमा छाएको निरासा चिर्ने र आशा जगाउने काम नीति तथा कार्यक्रमले गरेको छ । मुलुकको विकासको प्रयास अलमलिएको थियो । अलमलिएको विकास प्रयासलाई २०७४ को निर्वाचनपछि देशले सामाजिक आर्थिक,भौतिक र मानविय विकासका क्षेत्रमा गतिका साथ अगाडि बढेको थियो । त्यस बिचमा रोकिएको थियो । त्यसले देशको विकास अलमलियो । यो नीति तथा कार्यक्रमले अलमलिएको विकासलाई ट्राकमा ल्याउने र विकासलाई अघि बढाउने संकल्प गरेको छ । मुलुकको अर्थतन्त्र यतिबेला मुछिद्र अवस्थामा छ । सिथिल अवस्थामा छ । सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकको सामाजिक आर्थिक अवस्थालाई समाधान गर्ने दृष्टिकोण लिएको छ । कार्यक्रमले देशको भौतिक र मानवीय विकासमा ध्यान दिएको छ । यसले समृद्धि विकास भौतिक, मानवीय विकास,समृद्धिलाई केन्द्र भागमा राखेको छ । समाजवाद मुलुकको गन्तव्य हो भन्ने कुरा नीति तथा कार्यक्रमले थम्याएको छ । समाजवादलाई हामीले समृद्ध नेपाल सुखी नेपाली भन्दै आएका छौ । नेपाली सन्र्दभको समाजवाद समृद्ध नेपाल सुखी नेपाली हो भन्ने हामी सबैको साझा मान्यता छ । यो मान्यतामा कुनै एउटा दल मात्रै होइन । सम्पूर्ण नागरिक समेत समर्थन रहेको पाइन्छ ।’

उहाँले सरकारको नीति तथा कार्यक्रम विपक्षीले बेल घेरेर नारा लगाउने भन्दा पनि छलफलमा सहभागी भएर ताली बजाउनुपर्ने खालको रहेको पनि बताउनु भयो । उहाँले आन्तरिक ऋणको प्रयोग पुँजी वृद्धि र उत्पादनमूलक काममा मात्र खर्च गर्ने नीति लिइनु राम्रो रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?