नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परी एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

-हाेमनाथ सापकाेता

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोला नजिक पहिरो खसेर मेसिन अपरेटरको मृत्यु भएको छ ।

नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृतककाे पहिचान खुलेकाे छैन ।

पहिराले मेसिनमा पनि क्षति पुगेको छ । पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । घटनाको बारेमा बुझ्न नारायणगढ-मुग्लिन सडक आयोजनाका अधिकारीहरु घटनास्थल पुगेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?