कविता : शहीदको भावना र सपना लुछ्नेहरू

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ भूपेन्द्र थापा (माधव)

क्रान्ति सामन्ती शासकका विरुद्ध उठ्ने वैचारिक हतियार हो ।
परिवर्तन, विज्ञान र कलाले जोडिएको संगमस्थल हुन सकेन ।।

क्रान्ति किताब हो, विचार, सिद्धान्त र आदर्शको पथमार्ग पनि हो ।
इमान्दार, कुशल र सक्षम योद्धाहरू हिँड्ने राजमार्ग हुन सकेन ।।

क्रान्ति योगदान हो । जेल, नेल, यातना र बलिदान पनि हो ।
विडम्बना विभेद, विकृति र दासत्व तोड्ने बारुद हुन सकेन ।।

क्रान्ति निर्भम, निर्भय र निस्वार्थ सहितको नयाँ निर्माण हो ।
तर शोसक, सामन्तीहरूलाई ध्वस्त पार्ने मिसायल हुन सकेन ।।

क्रान्ति थाकेको पाखुरा, गलेको मष्तिष्क र हराएको उद्देश्य झैँ भो ।
हिँडेको यात्री, भेटिएको चौबाटो र नपैटिएको गन्तव्य जस्तै भो ।।

क्रान्तिकै नाममा हजारौं झुपडी भत्काएर लुटको महल उभ्याउनेहरू ।
उदारो भविष्यको सपना देखाएर नगदमा जनताका मुद्दा बेच्नेहरू ।।

गिद्धले सिनो लुछेझैँ शहीदको भावना र सपना लुछ्नेहरू ।
आफ्नो ओइलाएको फूल जोगाएर अरूको कोपिला निमोठ्नेहरू ।।

प्रकृतिको सामु सबै कृतिहरू कृतिम् हुन सबैको अन्त्य निष्चित छ ।
तिम्रा लासको पछाडि दलाल त धेरै लाग्लान तर मलामी नहुने निष्चित छ ।।

फ्रेमभित्रको आदर्श तोड्दै वर्तमानको सत्यतालाई जोड्दै जानु छ ।
योजना र लक्ष्यको उडानमा समृद्धि र सुशासनको टाकुरामै पुग्नुछ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?