काठमाडौं। दोस्रो टी-२० खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ ।
वेस्टइन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोली नेपाल १० रनले पराजित भएको हो । नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो ।
योसँगै पाँच खेलको टी२० सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७१ रन बनाए पनि यो जितका लागि पर्याप्त हुन सकेन । पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे ।
नेपालका लागि लोकेश बम १७, कुशल भुर्तेल २, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी ३, आरिफ शेख १२, सोमपाल कामी ३, अनिलकुमार शाह एक र कुशल मल्ल शुन्य रनमा आउट भए ।
बलिङमा वेष्ट इन्डिज ‘ए’ गुडाकेश मोती र ओबेद म्याककोयले दुईदुई विकेट लिए ।
यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच