![मोही ब्राण्डिङ सुरु](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/mohi-branding-started.jpg)
काठमाडौं । १९ वर्षीय युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक-२०२४ मा सहभागिता जनाउने हुनुभएको छ । प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने हुनुभएको हो । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)ले जारी गरेको विज्ञप्तिअनुसार प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो ।
नेपाल ब्याडमिन्टन संघले ब्याडमिन्टन महासंघबाट प्रिन्सले ओलम्पिक खेल्न पाउने जानकारी प्राप्त भएको बताएको छ । फ्रान्सको पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिकका लागि ब्याडमिन्टनमा विश्वका १७२ खेलाडी छानिएका छन् । त्यसमा ४९ देशका खेलाडी परेका छन् । त्यसैमध्ये प्रिन्स एक हो । पेरिस ओलम्पिकमा उहाँले मेन्स सिंगलमा प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँले आफ्नो सानैदेखिको ओलम्पिक खेल्ने सपना साकार हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली ब्याडमिन्टनको उचाइ बढाउन पाएकोमा आफूलाई गौरव महसुस भएको बताउनुभयो । त्यसका लागि आफूले धेरै मिहिनेत र परिश्रम गरेको उहाँको भनाइ थियो ।
घरेलु भूमिमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा डबल्सतर्फ दुई कांस्य जित्नुभएका प्रिन्सले गत वर्ष चीनमा भएको हाङचाउ एसियाड पनि खेल्नुभएको थियो । एसियाडमा उहाँ राउण्ड अफ ३२ मा पराजित हुनुभएको थियो । प्रिन्ससँगै ब्याडमिन्टनको यस कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ती र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच