नागरिकको सुरक्षाका लागि शाक्य परिवारले दियो प्रहरीलाई जग्गा

Read Time = 3 mins

-निरोज कोइराला
भोजपुर । गाउँपालिका प्रहरी चौकी छ तर आफनै भवन बनाउन जग्गा छैन । यस्तो समस्या भई रहदाँ पालिकावासी र आसपासका नागरिकको सुरक्षाका लागि स्थानीय शाक्य परिवारले निशुल्क जग्गा उपलब्ध गराउनु भएको छ ।

अहिलेको समयमा निशुल्क जग्गा दिने कमै मात्र पाइन्छ तर भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका खडगराज शाक्यले प्रहरी चौकीको भवन निर्माणका लागि करिव २९ लाख बरावरको जग्गा दिएर समाजमा नै उदाहरणीय कार्य गर्नु भएको छ । जग्गाको समस्या हुदाँ प्रहरी चौकीको भवन निर्माणमा अव भने राहत मिलेको छ भने भवन निर्माणका लागि गृह मन्त्रालयसँग बजेट माग्न समेत सहज भएको छ ।

गाउँपालिकावासीको सुरक्षालाई ध्यानमा दिएर हामीले प्रहरी चौकीलाई जग्गा उपलब्ध गराएका हौ, शाक्यले भन्नुभयो, “पालिका भित्र र आसपासका नागरिक सुरक्षित भएमा त्यसले बिकासमा समेत टेवा पुग्छ, भाडामा बसेर सेवा दिन प्रहरीलाई समेत समस्या नै थियो ।”

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार राईले जग्गा अभावका कारण चौकीको भवन निर्माणमा देखिएको समस्या पनि शाक्यले जग्गा प्रदान गरेसँगै समाधान भएको बताउनु भयो । “अहिलेको समयमा प्रहरीलाई चौकी बनाउन निशुल्क जग्गा प्रदान भएको छ, यसले गर्दा जग्गादाता शाक्य परिवार प्रहरीका लागि बिशेष धन्यवादको पात्र हुनुहुन्छ ।” डिएसपी राईले भन्नुभयो ।

गाउँपालिका भित्र अस्थायी प्रहरी चौकी स्थापना भएको भए पनि सहजरुपमा प्रहरीहरुलाई बस्न समस्या भई रहेको थियो, अव भने सो समस्या पनि समाधान हुने भएको छ । पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले भन्नुभयो, “प्रहरी चौकीको नाममा अव धनीपुर्जा बनेको छ, प्रहरी चौकी भवन निर्माणका लागि अव पालिकाले समेत पहल र समन्वय गर्छ ।”

जग्गादाता शाक्यले प्रहरी चौकी च्याङग्रेको नाममा जग्गा समेत पास गरी दिईसक्नु भएको छ । उक्त जग्गा गाउँपालिकाकाको केन्द्रमा नै पर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?