कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछि पक्राउ 

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

भोजपुर । भोजपुर प्रहरीले कर्तब्य ज्यान मुद्धामा फरार रहेका प्रतिवादीलाई १७ बर्ष पछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका वडा नम्वर १० भैसीपंखाका ६० बर्षिय चन्द्रबहादुर तामाङलाई प्रहरीले खोजतजासका क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले जानकारी दिनुभयो ।

भोजपुर नगरपालिका वडा नम्वर १० भैसीपंखा (साविक भैसीपंखा गाबिस वडा नम्वर ७) का ४४ बर्षका निमा दावा शेर्पालाई २०६३ साल कार्तिक १४ गते बेलुका अन्दाजी साढे छ बजेको समयमा चन्द्र कै घरमा बसेको अवस्थामा उनीसहितले शेर्पाको घाँटीमा डोरी कसेर कर्तब्य गरी मारेको र घरको कोठा भित्र लास झुण्ड्याई प्रतिवादीहरु फरार भएको प्रहरी निरीक्षक लिम्बुले बताउनुभयो ।

निज प्रतिवादीको हकमा भोजपुर जिल्ला अदालतबाट २०८० भाद्र १३ गते पक्राउ गर्ने अनुमति प्राप्त भए पछि प्रहरीले खोजी कार्य जारी राखेको थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २०८१ बैशाख ११ गते राती सुनसरीको धरान उपमहानगरपालिका वडा नम्वर १० सैनिक टोलबाट तामाङलाई पक्राउ गरेको थियो ।

उनी डेरा लिएर धरानमा बस्दै आएको सुचनाका आधारमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । घटनामा संलग्न अन्यको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devchandra Rai
Devchandra Rai
2024-05-03 5:28 am

हार्दिक बधाई

रिलेटेड न्युज

छुटाउनुभयो कि ?