सिक्री लुटेरा दिवस राजवंशी पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

-राजेन्द्र गाैतम

झापा । स्थानीय रचना आङ्देम्बेले घाँटीमा लगाएको सिक्री थुतेर भागेका दिवस राजवंशी पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१३ तेलिबारीका राजवंशी सोमबार साँझ सोही नगरपालिका-१२ सहरेडाँगीकी आङ्देम्बेको घाँटीमा लगाएको सुनको सिक्री थुतेर फरार भएका थिए ।

चारआली स्थित श्रीनाथ पेट्रोल पम्पनजिक पूर्वपश्चिम राजमार्गमा हिडिरहेकी आङदम्वेको एक तोलाको सुनको सिक्री थुतेर भाग्दै गर्दा राजवंशीलाई फुलवासा खोलाबाट पक्राउ गरिएको धुलाबारी प्रहरीले जनाएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय धुलाबारी र चारआली चौकीबाट प्रहरी परिचालित भएको थियो ।

संयुक्त प्रहरी टोलीले राजवंशीको साथबाट लुटिएको सुनको सिक्री र साइकलसहित बरामद गरेको छ । राजवंशीलाई इप्रका धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?