हवाइ इन्धनमा १० प्रतिशत पूर्वाधार विकास कर लगाउन माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हवाइ इन्धनमा १० प्रतिशत पूर्वाधार विकास कर लगाउन माग गरिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा भाग लिँने क्रममा सांसद प्रेम सुवालले हवाइ इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने माग बताउनु भएको हो ।

तर, सार्वजनिक यातायातमा पूर्वाधार विकास कर लगाउन नहुने उनको भनाइ छ । सार्वजनिक यातायातमा गरिब चढ्ने भएकाले पूर्वाधार विकास कर लगाउन नहुने भन्दै उहाँले भन्नुभयो, ‘हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाइनुपर्छ । सार्वजनिक यातायात भनेको गरिब चढ्ने हो, त्यहाँ पूर्वाधार विकास कर लगाइनु हुँदैन।’

आइतबार प्रतिनिसभाले आर्थिक विधेयक पारित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?