ठूलो परिमाणमा लागूऔषधसहित ६ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन २ सय ४४ ग्राम, नाइट्रोभेट १ सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल सहित ६ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका-३ बस्ने ३८ वर्षीय गंगालाल बिक, काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-४ बस्ने ५० वर्षीय दिपक श्रेष्‍ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश डंगोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका-१४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुर ज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २७ वर्षीय सन्दिप ईटानी रहेका छन् ।

उनीहरूमध्ये सपना रायमाझी र गंगालाल बिकलाई अवैध लागूऔषध खैरो हेरोईन ८१ ग्राम ५ सय मिलिग्रामसहित काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-६ नयाँ बस्तीबाट कात्तिक १५ गते, दिपक श्रेष्‍ठ र दिपेश डंगोल महर्जनलाई लागूऔषध खैरो हेरोईन १ ग्राम ८ सय मिलिग्राम, ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल र नाइट्रोभेट १ सय १२ ट्याब्लेटसहित काठमाडौं चावहिलबाट कात्तिक १६ गते तथा झरेन्द्र बहादुर ज्यु ठकुरी र सन्दिप ईटानीलाई लागूऔषध खैरो हेरोइन १ सय ६० ग्राम ६ सय मिलिग्रामसहित काठमाडौं तार्केश्‍वर नगरपालिका-४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?