काठमाडौं । गायक सिडी विजय अधिकारीको स्वरमा रहेको गीत ‘जीवनको रेल’ सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन् । गीतकार अधिकारी जापानमा बसेर गीत लेख्नमा आफूलाई सक्रिय राख्दै आउनुभएको छ ।
गायक सिडीकै संगीत रहेको गीतमा एरेञ्ज राजु कार्कीको छ । आफूलाई भन्दा बढी माया गरेकी आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयंले भिडियोमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला कौशल देखाउनुभएको छ ।
गीतको भिडियोमा दीपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन विष्टको अभिनय छ । महेश महराको छायांकन रहेको भिडियोमा दिनशन शाहको सम्पादन र कलरिङ छ । गीतको भिडियो डिए क्रियशन युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच