![पार्टीमा यस्तै अवस्था रहे रास्वपाको औचित्य सकिन्छ : गणेश कार्की](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Ganesh-Karki-RSP.jpg)
नेपाली गायन क्षेत्रमा पछिल्लो समय चर्चामा रहेको नाम हो गायिका सुमी पराजुली । छोटो समयमै सांगीतिक क्षेत्रमा स्थापित हुने गायिकामा उहाँको नाम अग्रपंक्तिमा आउँछ । ‘ए माया डु यु लभ मी’ बोलको गीतमार्फत् गायन क्षेत्रमा होमिनुभएकी उहाँले पहिलो गीतबाटै श्रोता तथा दर्शकको माया र हौसला पाउन सफल हुनुभयो । करिब सात वर्षदेखि यो क्षेत्रमा निरन्तर आफ्ना प्रस्तुति दिइरहनुभएकी सुमीले हालसम्म थुप्रै गीतमा स्वर दिनुभएको छ । उहाँको स्वरमा ‘ए माया’, ‘तिमी बिना’, ‘जिउको लुगा’, ‘सोल्टी’, ‘मेरो छायाँ छोडी’ लगायतका गीत श्रोता/दर्शकमाझ आएका छन् । गत चैतमा उहाँको श्रोता/दर्शकमाझ आएको गीत ‘चुम्मा चप्पकै’ले पनि चर्चा पाइरहेको छ ।
संगीत क्षेत्रमा सफलता पाउनलाई ‘नियमित अभ्यास’को आवश्यकता रहेको उहाँको जिकिर छ । सिन्धुपाल्चोक लामासाँघुकी सुमीले संगीत साधनासँगै अध्ययनलाई पनि अघि बढाइरहनुभएको छ । उहाँ हाल ललितकलामा संगीत विषयमा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । आफूलाई सबैखालको गीत मनपर्ने र सबै किसिमका गीत गाइरहेको बताउनुहुने गायिका सुमी पराजुलीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला कसरी बितिरहेका छन् यहाँका दिनचर्या ?
म गीतसंगीतमै व्यस्त छु । मेरा केही गीतको काम पनि भइरहेको छ । छिट्टै श्रोता तथा दर्शकमाझ ल्याउने तयारीमा जुटिरहेकी छु । मेरो अध्ययन पनि संगीतमै हो । त्यसैले मेरो पूर्ण समय संगीतमै बितिरहेको छ ।
मेरा लागि संगीत साधन हो, पूजा हो । धेरै कलामध्ये संगीत कला उच्च श्रेणीमा पर्छ । संगीत धेरै ध्वनि र स्वरलाई सम्मिश्रण गर्ने कला हो । जसबाट मनका भावहरू, भावनाहरू प्रदर्शन हुन्छ । संगीतबाट मनमा लागेको दुःख, सुख र आनन्दका भावहरू व्यक्त गर्न सकिन्छ । संगीतबिना सबै अपुरो र यो मानव जीवन नै अधुरो हुन्छ जस्तो लाग्छ । मेरो पहिलो औपचारिक गीत ‘ए माया डु यु लभ मी’ थियो । जसमा शब्द संगीत मेरा गुरु रेखा पौडेलको छ ।
यहाँको पहिलो गीत कुन थियो, कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
गीतसंगीत मेरो सानैदेखिको रुचि हो । सानैदेखि विभिन्न अवसरमा गाउने गर्थें । मेरो पहिलो औपचारिक गीत भने ‘ए माया डु यु लभ मी’ थियो । जसमा शब्द संगीत मेरा आदरणीय गुरु रेखा पौडेलको छ । यो गीत ‘अक्टेप’ नामक सामूहिक एल्बममा पनि समावेश गरिएको थियो ।
अहिलेसम्म यहाँको स्वरमा कति जति गीत श्रोता तथा दर्शकमाझ आएका छन् ?
अहिलेसम्म मेरा आठवटा जति गीत श्रोता/दर्शकमाझ आएका छन् । कति कभर गीत पनि गाएकी छु ।
यहाँको स्वरमा रहेका गीतको नाम लिनुपर्दा ?
‘ए माया’, ‘तिमी बिना’, ‘जिउको लुगा’, ‘सोल्टी’, ‘मेरो छायाँ छोडी’ लगायतका रहेका छन् । मेरो हालै चैतमा श्रोता/दर्शकमाझ ‘चुम्मा चप्पकै’ आएको थियो । मेरा अन्य गीत जस्तै पछिल्लो गीत ‘चुम्मा चप्पकै’ले पनि श्रोता÷दर्शकको एकदमै माया पाउन सफल भएको छ । मेरा गीतलाई यसरी मन पराइदिनुभएकोमा आभारी छु ।
गीत संगीतलाई कसरी बुझ्नुहुन्छ ?
सबैले आ-आफ्नो तरिकाले व्याख्या गर्नुहुन्छ । तर, मेरा लागि संगीत साधन हो, पूजा हो । धेरै कलाहरूमध्ये संगीत कला उच्च श्रेणीमा पर्छ । संगीत धेरै ध्वनि र स्वरलाई सम्मिश्रण गर्ने कला हो । जसबाट मनका भावहरू, भावनाहरू प्रदर्शन हुन्छ । संगीतबाट मनमा लागेको दुःख, सुख र आनन्दका भावहरू व्यक्त गर्न सकिन्छ । संगीतबिना सबै अपुरो र यो मानव जीवन नै अधुरो हुन्छ जस्तो लाग्छ । यसैले हाम्रो जीवनमा संगीत अपरिहार्य छ ।
यहाँलाई कस्तो खालको गीत मनपर्छ ?
मलाई सबैखालको गीत मनपर्छ । सबै किसिमका गीतहरू गाइरहेको पनि हुन्छु । म सानैदेखि गीत गुनगुनाउने गर्थें । तर, गीतसंगीतलाई नै करिअर बनाउँछु भन्ने सोचेकी थिइनँ । साथीभाइको हौसला र प्रेरणाले यस क्षेत्रमा आकर्षित गरायो । श्रोता/दर्शकले मेरो स्वरमा रहेका गीत मनपराइदिइरहनुभएको छ । आभारी छु ।
फुर्सदमा के गर्नुहुन्छ ?
म फुर्सदमा समाजसेवातिर हुन्छु । व्यापार पनि छ त्यसमा पनि समय अनुकूल हेरेर ध्यान दिइरहेकी हुन्छु । अहिले चाहिँ मैले पूरै समय गीत संगीतलाई नै दिइरहेकी छु ।
रियाज कत्तिको आवश्यक छ ?
म नियमित रियाज गर्छु । एकदमै आवश्यक छ । गीतसंगीत आफैंमा साधना हो ।
गीत संगीतको लगानी बालुवामा पानी भन्छन् नि ?
मलाई त्यस्तो लाग्दैन । राम्रो गर्नेहरूका लागि राम्रै छ । जस्तो पायो त्यस्तै मिहिनेत नगरीकन गरेको लगानी त यो क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा बालुवामा पानी नै हो । कर्म गरेपछि फल अवश्य प्राप्त हुन्छ । ढिलो चाँडो मात्र हो । हामी लगानी गरेपछि आजको भोलि प्रतिफलको आश गर्छौँ । तर, हरेक क्षेत्रमा सफलता पाउन समय लाग्छ । सुरुमा प्रवेश अनि प्रमाणित भएपछि मात्र प्रतिफल प्राप्त गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच