अन्तर स्कुल बास्केटबलको उपाधि चैतन्य र विद्या विकासलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चैतन्य संस्कार शिक्षालय र विद्या विकासले अन्तर स्कुल बास्केटबलको जुनियरतर्फको उपाधि जितेका छन् । शिक्षालयले छात्रातर्फको उपाधि जितेको छ भने शिक्षालयले छात्रतर्फको उपाधि उचालेको छ । टाइम्स लाइन स्कुल आयोजक रहेको उक्त प्रतियोगिताका सबै खेल विद्यालय भवन नयाँ बस्ती जोरपाटीमा भएका थिए । प्रतियोगितामा छात्रतर्फ १७ विद्यालय (टिम) र छात्रातर्फ १६ विद्यालय (टिम) को सहभागिता रहेको थियो ।

लिग कम नकआउटका आधारमा खेलाइएको उक्त खेलमा चैतन्य संस्कारले वेभ्स् स्कुललाई १६-५ अन्तरमा हराउँदै फाइनल जितेको थियो । यस्तै छात्रतर्फ विद्या विकासले निमोनिक स्कुललाई ३६-३२ अन्तरमा हराउँदै फाइनलको उपाधि चुमेको थियो ।

सर्वोत्कृष्ट खेलाडीको उपाधि चैतन्य संस्कार शिक्षालयका छात्रा अरुणिमा दाहालले हात पार्नुभएको थियो भने विद्या विकासका सिकलेशले छात्रतर्फको सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्नुभएको थियो ।

कार्यक्रममा टाइम्स लाइनसहित चैतन्य संस्कार शिक्षालय, निमोनिक, सेलिब्रेसन, काठमाडौं जेभियर, विद्या विकास, मनकामना बौद्ध, जनज्योति, अक्षरिका, भेनस पब्लिकलगायतका विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रमको समापनमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसालले पुरस्कार वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Chaitanya Sanskar Shikshyalaya
Chaitanya Sanskar Shikshyalaya
2022-08-30 10:49 am

Thank you 🙏🏻 Shyam Bhujel sir and Himalaya Times

रिलेटेड न्युज

छुटाउनुभयो कि ?