टोर्नाडोसको जितमा सीताको उत्कृष्ट प्रदर्शन

Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान सीता रानामगरको उत्कृष्ट प्रदर्शनमा यूएईमा जारी फेयर ब्रेक इन्भिटेसनल क्रिकेटमा टोर्नाडोस वुमेन्सले जित हात पारेको छ । दुबईमा बिहीबार भएको खेलमा टोर्नाडोसले फाल्कोन्स वुमन्सलाई सात विकेटले हराएको हो ।

फाल्कोन्सले दिएको १३९ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर तीन बलमा तीन विकेट गुमाएर पूरा ग¥यो । टोर्नाडोसको जितमा कप्तान सोफी डिभाइनले ५२ रनको अर्धशतकीय इनिङ खेल्नुभएको थियो । त्यस्तै स्टेर कालिसले ५० रन जोड्नुभयो । नेपालकी सीता रानामगर १८ रनमा अविजित रहनुभएको थियो । फाल्कोन्सका गुञ्जन शुक्लाले २ विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा चार विकेट गुमाएर १३८ रन जोडेको थियो । फाल्कोन्सका कप्तान सुजि बाटेसले अविजित ४१ रन जोड्दा डानीले ३२ रन थप्नुभयो । मारिको हिलले २१ तथा चमारीले २० रन बनाउनुभयो । बलिङतर्फ सिताले तीन ओभरमा १९ रन खर्चिनुभयो । उहाँले एक विकेट समेत हात पार्नुभयो । यस जितसँगै टोर्नाडोसले पाँच खेलमा ११ अंक जोडेको छ । टोर्नाडोस तेस्रो स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?