काठमाडौं । जेठ १० गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पुजार सार्की’का अभिनेता पल शाहले यो चलचित्रमा अन्य कलाकार जस्तै आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले निर्देशकको दृष्टिकोणबाट आफूलाई सिर्जनशील तवरले ट्रेलरमा देखाइएको व्यक्त गर्नुभएको छ । ‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सिर्जनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ । चलचित्रमा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुलै निम्तो दिन चाहन्छु । हामी हलमै भेटौँला है’, पलले लेख्नुभएको छ ।
पलले ‘पुजार सार्की’को ट्रेलरलाई एक दिनमा नै दश लाख पटक हेरेकोमा खुशी व्यक्त गर्नुभएको छ । उहाँले यो चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेकोमा कारणसहित क्षमा माग्नुभएको छ । ‘म अर्को चलचित्र ‘रावायण’को छायांकनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिन, त्यसका लागि क्षमा चाहन्छु’, उहाँले लेख्नुभएको छ, ‘मैले यो चलचित्रमा अन्य चलचित्रभन्दा निकै फरक, जटिल र महत्वपूर्ण भूमिकामा अभिनय गरेको छु । ट्रेलरबाट तपाईंले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु ।’
आफूसहित सहकर्मी अभिनेताहरू आर्यन सिग्देल र प्रदीप खड्काको एक तस्वीर शेयर गरी प्रशंसकलाई सम्बोधन गर्ने क्रममा उहाँले लेख्नुभएको छ, ‘मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासा मैले हेरिरहेको छु । यो सबैका लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु । ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रष्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्वपूर्ण भूमिका भने रहेको छ ।’
दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बूलगायतको अभिनय छ । यसका लेखक विकास सुवेदी हुनुहुन्छ भने सुवास भुसालले निर्माण गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच