काठमाडौं । चलचित्र ‘सतीदेवी’ साउनको पहिलो हप्तामा सिनेमाघरमा आउने भएको छ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशित यो चलचित्रसाउन ४ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको हो ।
नारीको कथा बोल्ने चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सिर्जना अधिकारी, मनिषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीलगायतको अभिनय छ । दिलासा र साराको प्रस्तुति रहेको चलचित्रको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुनुहुन्छ ।
दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद छ ।
बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत छ भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौं, लमजुङ, तनहुँ कास्की र काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको चलचित्रले हालै सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जित्न सफल भएको थियो ।
यस्तै, सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा पनि यो चलचित्रले शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो ।
चलचित्र वितरण उपत्यकामा ऋच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ । चलचित्रको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच