संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारी गरिरहेको छ : एमाले सचेतक बर्तौला

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताउनुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर बिरोध गर्नु दादागिरी भएको बताउनु भयो ।

उहाँले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद चलाउन नचाहने स्पष्ट भएको बताउनु भयो । उहाँले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर बिरोध गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार यसमा जिम्मेवार बन्न सकेन । सम्माननिय सभामुखज्युले प्रतिपक्षको तर्फबाट हाम्रा मान्य सूर्यबहादुर थापालाई आफ्ना भनाइ राख्न दिँदा प्रतिपक्षले सभामुखले समय दिएर बोल्दासमेत सत्ता पक्षका मान्यहरुले उठेर अवरोध गर्नुभयो । सत्तापक्षको यस किसिमको दादागिरी देखा परेको छ । सरकार सदन चलाउन चाहँदैन । सत्तापक्ष संसदमा द्वन्द्व गर्न चाहन्छ । किनभने प्रतिपक्षले आफ्ना विषय राख्न पाउँदैन ? आफूले जनताका मुद्दा उठाउने कुरा सभामुखको समयमार्फत उजागर गर्न पाइँदैन । सत्तापक्षका सांसदहरु हामीले बोल्दै गर्दा संसदीय मर्यादाबाहिर जान मिल्छ । प्रतिपक्षले बोल्न पाउने अधिकारमाथि आज सत्तापक्षले संसदमा कुण्ठित गर्नुभयो । उहाँहरु योजनावद्ध तयारीमा हुनुहुन्छ । अभियोग प्रतिपक्षलाई लगाउने, अरु सबै करणी आफू गर्ने । यो दाउपेचका साथ सरकार र सत्तापक्ष अघि बढ्न सकेन । संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारी छ । त्यो खेतीमा लागेको छ ।’

सचेतक बर्तौलाले संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारीका साथ अघि बढीरहेको अरोप लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?