वाणिज्य बैंकको पश्चिम रुकुम शाखा

Read Time = 1 min

मुसिकोट । राष्ट्रिय वाणिज्य बैंकले पश्चिम रुकुमको मुसिकोट नगरपालिका-१ स्थित दुई सय ६२औं शाखा कार्यालय विस्तार गरेको छ । बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुंगाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्तरूपमा शाखा कार्यालय उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा सञ्चालक समितिका सदस्य ढुंगानाले सरकारको स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यअनुरूप शाखा विस्तार गरिएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले ७७ वटै जिल्ला सदरमुकाममा प्राथमिकतासाथ शाखा स्थापना गर्ने योजनाबमोजिम शाखा विस्तार गरी आमनागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?