इलाम । इलाम निर्वाचन क्षेत्र –२ मा ५१ प्रतिशत मत खसेको छ । दिउँसो ३ बजेको तथ्याङ्क अनुसार ६० हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।
खसेको मत संख्याको आधारमा यो ५१ प्रतिशत हुन आउछ । निर्वाचन क्षेत्र नं। २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ ।
एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । ६ पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ ।
साँझ ५ बजे सम्ममा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई जति समय लागे पनि मतदान गर्न दिइने निर्वाचन कार्यालय इलामका प्रमुख देविचरण फूयालले जानकारी दिनु भयो । कम मत खस्ने आँकलन गरीएको थियो । तर अनुमान गरे भन्दा बढी मत खस्ने देखिएको छ । इलाम २ मा २०७९ को निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच