देश ठीक दिशातर्फ अघि बढिरहेको छः सुवासचन्द्र नेम्बाङ

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले देश ठीक दिशातर्फ अघि बढिरहेको बताउनुभएको छ ।

इलाम क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेम्बाङले आज गृहजिल्ला इलामको सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा बिहान आठबजे मतदान गरेपछि पत्रकारहरूसँग यस्तो बताउनुभएको हो ।

देशमा संविधान कार्यान्वयनको राम्रो आधार तयार भएको र नेपाली जनता अधिकारसम्पन्न भएको उहाँले बताउनुभयो । संविधान जारी भएर दोस्रो पटक भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भइरहनुले देशलाई राम्रो निष्कर्षमा पुर्‍याउने विश्वास लिएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?