कर्णाली प्रदेशसभामा ३७.५ प्रतिशत महिला सांसदको सहभागिता

२२ दलको धरौटी जफत, ४ दशमलव १० प्रतिशत मत बदर

मानबहादुर वली सुर्खेत, संवाददाता
मानबहादुर वली सुर्खेत, संवाददाता
Read Time = 2 mins

सुर्खेत । कर्णाली प्रदेश सभामा ३७.५ प्रतिशत महिला सांसदको सहभागीता भएको छ । निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुखमा बुझाएको विवरण अनुसार महिलाको प्रतिनिधित्व ३७.५ प्रतिशत रहेको हो ।

निर्वाचन आयोगले गत मंसिर ४ गते भएको आम निर्वाचनको अन्तिम नतिजाको परिणाम कर्णाली प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान बमोजिम कर्णाली प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख तिलक परियार समक्ष प्रस्तुत गरेको छ ।

निर्वाचन आयोगका सह–सचिव यज्ञप्रसाद भट्टराईले प्रदेश प्रमुख तिलक परियारलाई विवरण बुझाउनु भएको हो । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार कर्णाली प्रदेशको प्रदेश सभातर्फ ४० जना निर्वाचित हुनुभएको छ । जसमा पुरुष २५ जना अर्थात् ६२.५ प्रतिशत र महिला १५ जना अर्थात् ३७.५ प्रतिशत निर्वाचित हुनुभएको हो ।

कर्णाली प्रदेशका १० लाख ८ हजार ४०३ मतदाता मध्ये ६०.९६ प्रतिशत मतदान भएको थियो । जसमध्ये प्रदेशसभा तर्फ ५ लाख ८९ हजार ४८४ अर्थात ९५.९ प्रतिशत मत सदर भएको थियो भने २५ हजार २३३ अर्थात ४.१० प्रतिशत मत बदर भएको थियो ।

कर्णाली प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तरगत १५ र समानुपातिक निर्वाचन प्रणाली अन्तरगत २८ राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तरगत कम्तीमा एक सिट प्राप्त नगरेका २२ वटा राजनीतिक दलको धरौटी जफत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला भएको छैन, तर केही छनक देखिनुपर्थ्यो :… विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड र ४४ नयाँ गाडी सार्वजनिक हुँदै तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति ५० प्रतिशत, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको… इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर