कर्णाली प्रदेशसभामा ३७.५ प्रतिशत महिला सांसदको सहभागिता

२२ दलको धरौटी जफत, ४ दशमलव १० प्रतिशत मत बदर

मानबहादुर वली सुर्खेत, संवाददाता
Read Time = 2 mins

सुर्खेत । कर्णाली प्रदेश सभामा ३७.५ प्रतिशत महिला सांसदको सहभागीता भएको छ । निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुखमा बुझाएको विवरण अनुसार महिलाको प्रतिनिधित्व ३७.५ प्रतिशत रहेको हो ।

निर्वाचन आयोगले गत मंसिर ४ गते भएको आम निर्वाचनको अन्तिम नतिजाको परिणाम कर्णाली प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान बमोजिम कर्णाली प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख तिलक परियार समक्ष प्रस्तुत गरेको छ ।

निर्वाचन आयोगका सह–सचिव यज्ञप्रसाद भट्टराईले प्रदेश प्रमुख तिलक परियारलाई विवरण बुझाउनु भएको हो । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार कर्णाली प्रदेशको प्रदेश सभातर्फ ४० जना निर्वाचित हुनुभएको छ । जसमा पुरुष २५ जना अर्थात् ६२.५ प्रतिशत र महिला १५ जना अर्थात् ३७.५ प्रतिशत निर्वाचित हुनुभएको हो ।

कर्णाली प्रदेशका १० लाख ८ हजार ४०३ मतदाता मध्ये ६०.९६ प्रतिशत मतदान भएको थियो । जसमध्ये प्रदेशसभा तर्फ ५ लाख ८९ हजार ४८४ अर्थात ९५.९ प्रतिशत मत सदर भएको थियो भने २५ हजार २३३ अर्थात ४.१० प्रतिशत मत बदर भएको थियो ।

कर्णाली प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तरगत १५ र समानुपातिक निर्वाचन प्रणाली अन्तरगत २८ राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तरगत कम्तीमा एक सिट प्राप्त नगरेका २२ वटा राजनीतिक दलको धरौटी जफत भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?