जर्मनीमा महँगीविरुद्ध हड्ताल

Read Time = 1 min

एजेन्सी । जर्मनीमा कर्मचारी तथा मजदुर हड्तालका कारण सार्वजनिक यातायात तथा अन्य सेवा प्रवाहका क्षेत्र ठप्प भएका छन् । बढ्दो महँगी र महँगी अनुसारको वेतनवृद्धिको माग गर्दै जर्मनीका दुईवटा ठूला ट्रेड युनियनले देश व्यापी २४ घण्टे बन्द आहृवान गरेका हुन् । जसका कारण हवाई, रेल तथा बस सेवा, बन्दरगाहसमेत ठप्प भएका थिए ।

हड्तालमा सार्वजनिक क्षेत्रमा काम गर्ने २५ लाख कर्मचारी तथा मजदुर सहभागी भएका थिए । पछिल्ला केही दशकयताको सबैभन्दा ठूलो भनिएको हड्तालको समर्थनमा भएको प्रदर्शनबाट पैदल यात्रुलाई समेत हिँड्न कठिन भएको जनाइएको छ । हडतालका कारण सोमबार हवाई यात्रुमात्रै तीन लाख ८० हजार जना प्रभावित भएको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?