उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको तयारीमा छौं : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको तयारीमा रहेको बताउनु भएको छ ।
हरेक क्षेत्रमा जनताले सरकारी सेवाबाट समयमै सेवा नपाइरहेको गुनासो बढेका बेला सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।

क. प्रचण्ड नाम गरेको उहाँको फेसबुक एकाउण्टबाट केहीबेर अघि उहाँले जनताका अपेक्षा र कर्मचारी प्रशासनबीच ठूलो खाडल रहेको बताउँदै बदलिएको परिस्थिति र लोकतान्त्रिक प्रणाली एवं जनअपेक्षा सम्बोधन गर्न उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको तयारीमा रहेको उल्लेख गर्नुभएको छ ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनु भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनु भएको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?