राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक तय गरिएको हो ।

बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।

उहाँका अनुसार बैठकमा निर्वाचनको समीक्षा एवं निर्वाचन आयोगले दिएको समयसीमाभित्र प्रतिनिधि सभा तर्फ ७ र विभिन्न प्रदेशसभातर्फ १७ समानुपातिक सांसदको टुंगो लगाउने विषयमा छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?