![युनिलिभरविरुद्ध आन्दोलनमा उत्रिए स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uniliver-hetauda.jpg)
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपनि कार्यदेश नटुंगिदा आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय २ बजेलाई सारिएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा लामो छलफलपछि सत्तापक्ष र प्रतिपक्ष संसदीय छानबिन समिति गठन गर्न तयार भएका थिए ।
समितिको कार्यदेश के हुने भन्ने विषयमा एमाले नेता एवंम् कानुनमन्त्री पदम गिरीको नेतृत्वको कार्यदेश समितिले काम गरिरहेको बताइएको छ ।
छानबिनका लागि संसदीय समिति गठन गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्नेमा दलबीच अझै कुरा मिल्न सकेको छैन ।
कांग्रेसले रवि लामिछाने जोडिएको सहकारीको नाम मात्रै होइन गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्ने शर्त राखेको छ । तर सत्तारुढ दलले रविको नाम उल्लेख नगरी लामिछानेमाथि जोडिएको भनिएको सुप्रिम, सुर्यदर्शनसहितका सहकारीमाथि पनि छानबिन गर्ने आशय व्यक्त गरेका छन् ।
कार्यदलमा रास्वपाकातर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्यका रुपमा रहनु भएको छ ।
समितिको टीओआर ९कार्यादेश० बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक आजपनि अन्योलमा पर्ने देखिएको छ ।
विपक्षी दलहरूले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् । सभामुखको सचिवालयका अनुसार विपक्षीदलहरू बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच