दिल्ली अटो एक्स्पोमा नाडा टोली

Read Time = 3 mins

काठमाडौं । इण्डिया एक्स्पो मार्ट, ग्रेटर नोइडा दिल्लीमा पुस २९ गतेदेखि भएको १६औँ अटो एक्स्पो २०२३ बुधबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा नेतृत्वको प्रतिनिधिमण्डल एक्स्पो अवलोकनका लागि गएको थियो ।

अवलोकन भ्रमणमा नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यसहित एक सय ५० भन्दा बढीको सहभागिता थियो । प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेक्चरिङ एसोसिएसन(एसआइएएम) ले पहिलोपटक आयोजना गरेको मेलाका क्रममा अटो ट्रेड डाइलगमा नाडाका अध्यक्ष धु्रव थापाले नेपालको अटोमोबाइल क्षेत्रको चुनौती र समस्याबारे चर्चा गर्नुभएको थियो भने नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘नेपाल अटो मार्केट एण्ड पोलिसी ट्रेण्ड’ विषयमा प्रस्तुति दिनुभएको थियो । सो अवसरमा सिलोन मोटर ट्रेडर्स एसोसिएसनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोबाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ एसोसिएसनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफ्नो देशको अटोमोबाइल व्यवसायका चुनौतीबारे चर्चा गर्नुभएको थियो । कार्यक्रमको सेसन मोडरेटर सियामका स्ट्र«याटिजी ब्राण्ड एण्ड कम्युनिकेशन, भिइ कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेन्ट भगवान् विण्डीगनाभीले गर्नुभएको थियो । उक्त कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठसमेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी सियामले पुस २८ गते सोही स्थानमा पहिलोपटक आयोजना गरेको ‘इभी डिक्सन’ कार्यक्रममा नाडातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्यद्वय आकाश गोल्छा तथा यमुना श्रेष्ठले सहभागिता जनाउनुभएको थियो । सोही क्रममा अटोमोटिभ कम्पोनेन्ट मेनुफेक्चर्स एसोसिएसन(एसिएमए) ले पुस २७ देखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६औँ अटो एक्स्पो (कम्पोनेन्टमा) पनि नाडा टोलीले अवलोकन गरेको नाडाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?