काठमाडौं । चलचित्र ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । लेखक तथा निर्देशक प्रदीप भट्टरार्ईले स्वदेशसँगै विदेशका दर्शकले चलचित्रलाई मन पराउनु सबैभन्दा ठूलो सफलता रहेको बताउनुभयो । ‘हाम्रो फिल्मले विश्वभर रहनुभएका नेपालीलाई मनोरञ्जन दिएको छ । मलगायत मेरो टिमलाई प्राप्त भइरहेको सन्देशले हामीलाई आउँदा दिनमा काम गर्न उत्साहित बनाएको छ । हामी नयाँ कामको तयारीमा छिट्टै जुट्नेछौँ,’ निर्देशक भट्टराईले भन्नुभयो । उहाँ निर्देशित ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’, ‘महापुरूष’ ले ५१ औँ दिनको यात्रा तय गरेका थिए । यो चलचित्र पनि ५१औँ दिनतर्फ अग्रसर भएको छ ।
नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला चलचित्रको रेकर्ड तोडेको चलचित्र ‘महाजात्रा’ अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको छ । अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालपछिको दोस्रो ठूलो मार्केट मानिने अष्ट्रेलियाको सिड्नीमा मात्र चलचित्रको ३५ शो भइसकेको छ । यो अहिलेसम्म कुनै नेपाली चलचित्रको भएको शो संख्यामा निकै उच्च छ । उक्त सम्पूर्ण शोहरू ‘सोल्ड आउट’ थिए ।
चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्तरूपमा निर्माण गर्नुभएको चलचित्रको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच