सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपासीको सुनवलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार रामग्राम १४ पर्सावलका अन्दाजी ३० वर्षिय हेम खवास रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहोराले बताउनुभयो ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३९ प ३५५७ नम्बरको मोटसाईकल अनियन्त्रित भई गैरे पेट्रोल पम्प नजिकै रहेको पोलमा ठोक्किँदा खवास घाईते भएका थिए । उनलाई पृथ्वी चन्द्र जिल्ला अस्पतालमा उपचारका लागि पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा २ जना सवार रहेकोमा घटना पछि चालक भने फरार भएका थिए । फरार चालकलाई ज्यामिरेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सावलका २१ वर्षिय अंगद यादव रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?