विश्वकप क्रिकेटको फाइनल हेर्न मोदी गुजरात जाँदै

हिमालय टाइम्स
Read Time = 3 mins

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज हुने विश्वकप क्रिकेटको फाइनलमा सहभागी हुनुहुने भएको छ। प्रधानमन्त्री मोदी आज साँझ अहमदाबाद पुग्नुहुनेछ । उहाँले अहमदाबाद क्रिकेट स्टेडियम पुगेर भारत र अष्ट्रेलियाबीचको विश्वकप फाइनलको मज्जा लिनुहुनेछ।

यस अवधिमा दुई–तीन राज्यका मुख्यमन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री मोदीको आजको गुजरात भ्रमणको पूर्ण तालिका सार्वजनिक भएको छ ।

वास्तवमा भारत र अष्ट्रेलियाबीचको विश्वकपको फाइनल खेल अहमदाबादस्थित ‘नरेन्द्र मोदी क्रिकेट स्टेडियम’ मा हुदैँछ । १।३ लाखभन्दा बढी दर्शक क्षमता भएको यो स्टेडियम विश्वको सबैभन्दा ठूलो स्टेडियम मध्ये एक हो। पीएम मोदी बाहेक बीसीसीआईका धेरै प्रमुख अधिकारी र अहिलेसम्म विश्वकप जितेका कप्तानहरू पनि स्टेडियममा उपस्थित हुनेछन्। भारतीय क्रिकेट टोलीको फर्मलाई हेर्दा विश्वकप जित्ने प्रबल दावेदार मानिएको छ ।

प्रधानमन्त्री मोदी आज साँझ करिब ४.३० देखि ५ बजे अहमदाबाद एयरपोर्ट पुग्नुहुनेछ । यसअघि प्रधानमन्त्रीले राजस्थानको तारानगर र झुन्झुनुमा सभालाई सम्बोधन गर्नुहुनेछ। राजस्थान विधानसभा चुनावलाई ध्यानमा राख्दै उनले पहिले राजस्थानमा बैठक गर्ने र त्यसपछि गुजरात जानुहुनेछ। उहाँ साँझ अहमदाबाद एयरपोर्ट पुग्नुहुनेछर त्यसपछि सीधा राजभवन जानुहुनेछ। उहाँलाई स्वागत गर्न गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल उपस्थित हुनु हुनेछ ।

त्यसैगरी राजभवन पुगेपछि उनी आफ्नो सुविधा अनुसार बेलुका ५ बजेपछि जुनसुकै समयमा ‘नरेन्द्र मोदी क्रिकेट स्टेडियम’ पुगेर विश्वकपको फाइनल खेल हेर्नुहुनेछ।

विश्वकपको फाइनलमा आसाम र मेघालयलगायत राज्यका दुई–तीन मुख्यमन्त्री पनि सहभागी हुनेछन् । फाइनल खेलपछि प्रधानमन्त्री पुन एक पटक राजभवन जानुहुनेछ, जहाँ उहाँले डिनर र राती बस्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी प्रचारका लागि सोमबार गुजरातबाट राजस्थान जानुहुने कार्यक्रम छ । न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?