रत्ननगरकाे विकासकाे लागि आबधिक याेजना र मध्यकालिन खर्च संरचना निर्माण

हिमालय टाइम्स
Read Time = 4 mins

-हाेमनाथ सापकाेटा

चितवन । चितवनकाे रत्ननगर नगरपालिकाले नगरकाे दीर्घकालिन विकासकाे लागि तीन महत्वपूर्ण याेजना निर्माणकाे थालनी गरेकाे छ । आर्थिक बर्ष २०८१/०८२ काे बार्षिक नीति तथा याेजना तर्जुमा सहित नगरकाे दीर्घकालिन विकासकाे लागि आबधिक याेजना, मध्यकालिन खर्च संरचना निर्माणकाे थालनी गरिएकाे हाे ।

आगामी आर्थिक बर्षकाे याेजना प्राथमिकिकरण गर्दै पाँच बर्षेआबधिक याेजना र तीन बर्षे मध्यकालिन खर्च संरचना निर्माणकाे काम सुरु गरिएकाे छ । तीन वटा याेजना निर्माणकाे लागि साे नगरपालिकाले जनप्रतिनिधि र शाखा प्रमुख कर्मचारीहरुलाई एउटै हलमा सहभागी गराएर अभिमुखीकरण कार्यक्रम गरेकाे छ । संस्थागत क्षमता विकास तथा शुसासन समितिले आयाेजना गरेकाे साे कार्यक्रमकाे मेयर प्रलाद सापकाेटाले उद्घाटन गरेका गर्नुभएकाे थियाे ।

साे अबसरमा उनले नगरबासीकाे विकासप्रतिकाे चाहना पूरा गर्न याेजनागत विकासकाे आवश्यकता रहेकाे बताउनुभयाे । सिमित स्राेत साधनका कारण जनचाहना बमाेजिक काम गर्न नसकेकाे भन्दै अब याेजना निर्माण गरि प्राथमिकताका आधारका देखिने गरि काम गर्ने उहाँकाे भनाई छ । वडादेखि नगर गाैरबकाे याेजनालाई बजेट विनियाेजन गरेर अगाडि बढ्नु पर्ने अबस्था छ उहाँले भन्नभयाे बजेटकाे आकार बमाेजिम याेजना निर्माणलाई मेल खाने गरि काम गर्नुपर्ने जिम्मेवारी काँधमा रहेकाे छ ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले रत्ननगरले पहिलाे पटक आबधिक याेजना र मध्यकालिन खर्च संरचना निर्माण गर्न लागेकाे बताउनुभयाे । अहिले सम्म विनियाेजन गरेकाे बजेट र तर्जुमा गरेकाे याेजनाले नगर विकासमा खेलेकाे भूमिकाकाे समीक्षा गर्दै नागरिकले विकासकाे अनुभूति गर्ने गरि विकासका काम अगाडि बढाउन दीर्घकालिन याेजना निर्माण सुरु गरेकाे उहाँकाे भनाई छ । चार महिनामा आबधिक र मध्यकालिन खर्च संरचना निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउनुभयाे ।

कार्यक्रममा सिनर्जी इन्जिनियरिङ एण्ड कन्सल्टेन्ट प्रा.लि. का पुरुषाेतम खतिवडा र रवि आचार्यले पन्चबर्षिय आबधिक याेजना, खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकाेटाले स्थानीय तहकाे नीति, कार्यक्रम र याेजना तर्जुमाका चरण र प्रक्रिया र रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले स्थानीय तहकाे मध्यकालिन खर्च संरचना सम्बन्धी प्रक्रियाका चरण र मध्यकालिन खर्च संरचना निर्माणका बारेमा सहजीकरण गर्नुभएकाे थियाे ।

कार्यक्रममा उपमेयर यादवप्रसाद पाठक, विज्ञ सल्लहाकार रामहरी न्याैपानेसहित वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, शाखा प्रमुख कर्मचारी, वडा सचिवहरुकाे सहभागिता रहेकाे प्रशासन शाखा सविता अर्यालले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?