सुन तस्करीको लागि छानबिन आयोग गठन गर्न सभामुखबाट ‘रुलिङ’ होस् : एमाले

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्नेमा राष्ट्रिय सहमति भइसकेको दाबी गरेको छ ।

एमालेले सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग दोहोर्‍याएको छ । छानबिन समिति गठन नभए संसद्‍मा विरोध कायम राख्ने एमालेले चेतावनी दिएको हो ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समयमा एमाले सचिव योगेश भट्टराईले सर्वोच्चका न्यायाधीश या उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा छानबिन आयोग गठनको माग गर्नुभएको हो ।

उहाँले छानबिन समितिको आवश्यकताबारे सदनमा जाँच गर्न समेत आग्रह गर्नुभयो । उच्च स्तरिय समिति गठन गर्नको लागि पार्टीले ह्वीप नलगाइ भोटिङ गराउन उहाँले माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘सांसदलाई ह्विप नलगाई मदान गरौं, संसदले छानबिन समिति बनाउन हुन्न भनेर संसदले भन्यो भने हामी संसद् अवरोध त्यही बिन्दुबाट खुलाउछौं ।'

सचिव भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताउनु भयो ।

‘गृहमन्त्रीजी तपाईको फिल्ड कमिसार को छ ? फिल्ड कमिसारले तपाईंको आदेश मानेको छैन कि फिल्ड कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन ?’ भट्टराईको प्रश्न थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?