विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गर्दै प्रतिपक्षी दलहरूले प्रदेश प्रमुखलाई निवेदन दिएका छन्।
उनीहरूले अहिले प्रदेश सरकार विहीनताको अवस्थामा रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका हुन्।
‘समर्थन फिर्ता गरेको ३० दिन भइसकेको र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएकाले सरकार विहीनताको अवस्था सृजना भयो,’ बुधबार एमाले र माओवादीका नेताहरूले संयुक्त रूपमा बुझाएको पत्रमा उल्लेख छ,‘त्यसैले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइयोस्।’
पत्र बुझ्दै प्रदेश प्रमुख खापुङले यस विषयमा अध्ययन गरेर निर्णय गर्ने जवाफ दिनुभएको छ । ‘यो पत्रलाई आधार मानेर नेपालको संविधान, प्रचलित ऐन कानुन र अभ्यासलाई मध्यनजर गर्दै हामीले अध्ययन गर्नुपर्ने हुनाले आज यहाँहरुलाई चिया पनि नखुवाई बिदाइ दिन चाहन्छु’, उहाँले भन्नुभयो ।
बुधबार बिहान पनि प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर एमाले-माओवादीका नेताहरूले सरकार गठनको प्रक्रिया सुरू गर्न आग्रह गरेका थिए।
जबाफमा खापुङले अहिलेका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएरनलिएको आफूले थाहा नपाएको र प्रदेश सभाबाटै त्यसको जानकारी हुनुपर्ने बताउनु भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच