बूढीगंगा मतदानस्थलमा विवाद : प्रहरीद्धारा हवाइ फायर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा दुई पक्षका प्रतिनिधिबीच विवाद सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

त्रिशक्ति माविको मतदान केन्द्रमा मतदान गर्नलाइन बसेका सर्वसाधारणहरुलाई भित्र पठाउने क्रममा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको हो ।

‘विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार घटनापछि केहीबेर रोकिएको मतदान अहिले शान्तिपूर्णरुपमा भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?