बालेनसँग जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्वोच्च अदालतले चुनावी खर्चको विवरण समयमा नबुझाउने स्थानीय तहका जनप्रतिनिधिले फागुनसम्म जरिवाना नतिरे पद खारेज गरिदिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको रिटमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्चको संवैधानिक इजलासले निर्वाचन आयोगलाई कारण देखाऊ आदेश दिएको हो।

यसअघि बालेनले जरिवाना तिराउने आयोगको निर्णयविरूद्ध संवैधानिक इजलासमा रिट दिनुभएको थियो ।

शाहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले तत्काल जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?