शृंखलामा भारतको जित

Read Time = 2 mins

नयाँदिल्ली । आयरल्यान्डविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला भारतले आफ्नो पक्षमा पारेको छ । मंगलबार राती भएको दोस्रो तथा अन्तिम खेलमा भारतले घरेलु टोली आयरल्यान्डलाई ४ रनले हराएसँगै भारतले दुई खेलको सिरिज २-० ले जितेको हो । यसअघि भएको पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।

भारतले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय २१ रनमात्र बनाउन सक्यो । आयरल्यान्डका लागि कप्तान एन्डी बलबर्नीले सर्वाधिक ६० रन बनाउनुभएको थियो । यस्तै पाउल स्ट्रलिङले ४० रन बनाउनुभयो ।

त्यसबाहेक हृयारी टेक्टरले ३९ रन जोड्दा जर्ज डोक्रेलले अविजित ३४ र मार्क एडरले अविजित २३ रन बनाउनुभएको थियो । भारतका भुवनेश्वर कुमार, उमरान मलिक, हर्षल पटेल र रवि बिस्नोईले समान १/१ विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २ सय २५ रन जोडेको थियो । भारतका दीपक होडाले १ सय ४ रनको शतकीय इनिङ खेल्नुभएपछि उक्त स्कोर सम्भव भएको हो । त्यसबाहेक सञ्जु सामसनले ७७ रन बनाउनुभयो । आयरल्यान्डका मार्क एडरले ३ तथा क्रेग योङ र जोस लिटिलले समान २/२ विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?