चीनको विदेशमन्त्रीमा छिन काङ

Read Time = 2 mins

बेजिङ । चीनको नयाँ विदेशमन्त्रीमा छिन काङ नियुक्त हुनुभएको छ । हाल अमेरिकाका लागि चिनियाँ राजदूत रहनुभएका उहाँलाई राष्ट्रपति सी जिनफिङले विदेशमन्त्रीमा नियुक्त गर्नुभएको हो । छिन १७ महिनायता अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकामा हुनुहुन्छ । उहाँ चीनका वरिष्ठ कूटनीतिज्ञ हुनुहुन्छ । उहाँले विदेश मन्त्रालयमा प्रवक्ताको पनि जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

प्रवक्ता बन्नुअघि उहाँ बेलायतस्थित चिनियाँ राजदूत हुनुहुन्थ्यो । उहाँ सन् २०१४ देखि २०१८ सम्म चिनियाँ विदेश मन्त्रालयको चिफ अफ प्रोटोकल हुनुहुन्थ्यो । छिनले वाङ यीलाई विस्थापन गर्नुभएको छ ।

कााङ दश वर्षयता चिनियाँ विदेशमन्त्रीमा हुनुहुन्थ्यो । वाङ हालै चिनियाँ कम्युनिष्ट पार्टीको पोलिट्ब्युरो सदस्यमा बढुवा हुनुभएको छ । वाङलाई विदेश नीतिसम्बन्धी अझ माथिल्लो जिम्मेवारीमा लग्ने तयारी रहेको बताइएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?