काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातारण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गर्नुभएको छ ।
सोमवार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लगानीकर्ताहरुको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गर्नुभयो ।
उहाँले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्रहरु रहेको उल्लेख गर्दै सरकार लगानी कर्ताहरुको सुरक्षाका लागि सबै किसिमबाट प्रतिवद्ध रहेको बताउनु भयो । जग्गा मूल्याङ्कन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको पनि बताउनु भयो ।
उहाँले वन लगायतका विभिन्न समस्याहरुमा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताउनु भयो । उहाँले नेपालका पर्यटन, विद्युत, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच