काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
समितिले दिन नहुने हतियारको इजाजत प्रसाईंलाई दिइएको भन्दै संलग्न सरकारी कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
साथै सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।
प्रतिवेदनमा व्यक्तिगत रूपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापन र घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने विषयमा सुझाव र सिफारिस गरिएको छ ।
प्रसाईंका बडिगार्ड सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित ५ चैत २०८० मा सर्वोच्च अदालत परिसरमा पक्राउ परेका थिए । तर, सर्वोच्च अदालतले प्रसाईंसँग उक्त हतियारको इजाजतपत्र रहेको भन्दै पक्राउ परेकालाई छाडेको थियो ।
दुर्गा प्रसाईंका सुरक्षा गार्ड हतियार सहित प्रवेश गरेपछि गृहमन्त्री लामिछानेले छानबिन समिति गठन गर्नुभएको थियो ।
सो समितिको प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच