काठमाडौं । स्वदेशी लगानीकर्ताको सुरक्षा माग गर्दै पुँजी बजार लगानीकर्ताले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले ऐन-नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै पुँजी बजार संघर्ष समिति विरोधमा उत्रिएको हो । उनीहरूले स्वदेशी लगानीकर्ताको सुरक्षा गरिनुपर्ने, लगानीकर्तालाई विदेश पलायन गराउने कार्य बन्द गरिनुपर्ने, लगानीमैत्री नीति लागू गरिनुपर्ने, पुँजी बजारमाथिको हस्तक्षेप बन्द गरिनुपर्ने लगायतका माग गरेका छन् ।
लगानीकर्ता तिलक कोइरालाले सरकारको गलत नीतिका कारण लगानीकर्ता डुबेको आरोप लगाउनुभयो । स्वदेशी लगानीकर्ता नै पलायन भइरहेको अवस्थामा लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउन नसकिने उहाँको जिकिर थियो । प्रदर्शनकारीहरूले लगानीको सुरक्षा गर, नसके स्टक मार्केट बन्द गर, स्वदेशी लगानीको संरक्षण गर, विदेशी लगानीको वातावरण तयार गर लगायतका प्लेकार्डसहित मुखमा टेप टालेर प्रदर्शन गरेका थिए ।
विशाल ग्रुपका अनेक बदमासी, अनुसन्धानको
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच